मोरङको होटल एवं खाजा घरमा लागेको आगो निभाउने क्रममा ६ जना घाइते

Newslaya Home

मोरङको होटल एवं खाजा घरमा लागेको आगो निभाउने क्रममा ६ जना घाइते

सोमबार १५, असार २०७७

विराटनगर । मोरङको सुन्दरहरैंचा –१२ विराटचोकमा होटल एवं खाजा घरमा लागेको आगो निभाउने क्रममा ६ जना घाइते भएका छन्।

घाइते हुनेमा सुन्दरहरैंचा– १२ का ५६ वर्षीय छत्रबहादुर थापा, सुन्दरहरैंचा–९ का ४२ वर्षीय गोविन्द दाहाल, ३३ वर्षीय खगेन्द्र लुइँटेल, ३८ वर्षीय रणबहादुर बस्नेत, सुन्दरहरैंचा –१० का ४२ वर्षीय बाबुराम बस्नेत र ४५ वर्षीय अम्बिकाप्रसाद ढुंगेल छन्।

होटलमा लागेको आगो निभाउने क्रममा उनीहरू घाइते भएको मोरङ प्रहरीले जनाएको छ । विराटचोकमा रहेका तीनवटा होटल एवं खाजा घरमा आइतबार राती आगलागी भएको थियो।