शनिबार स्टार अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पोजेटिभ

Newslaya Home

शनिबार स्टार अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पोजेटिभ

सोमबार १५, असार २०७७

काठमाडौं । शनिबार स्टार अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना पोजेटिभ देखिएको छ ।ललितपुर स्वास्थ्य कार्यालय प्रमुखका अनुसार स्टार अस्पतालमा मृत्यु भएका २९ वर्षका पुरुषको सोमबार आएको रिर्पोटमा कोरोना पोजेटिभ देखिएको हो ।

उनका अनुसार गत शनिबार राति मृत्यु भएपछि स्वाब संकलन गरेर ती पुरुषको पाटन अस्पतालको प्रयोगशाला पठाइएको थियो तर सोमबार बिहान आएको रिर्पोटमा ती पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

ती पुरुषमा स्वास प्रश्वासको समस्या देखिएको थियो । उनको शव व्यवस्थापन गर्ने तयारी भइरहेको जनाइएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।