पहिरोमा पुरिएर बाबुछोराको मृत्यु

Newslaya Home

पहिरोमा पुरिएर बाबुछोराको मृत्यु

सोमबार १५, असार २०७७

काठमाडौं । पहिरोमा पुरिएर दार्चुलामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नौगाड गाउँपालिका –४ होपरीका २५ वर्षीय चन्द्र सिंह महता र उनका छोरा ४ वर्षीय सुसान्त महता रहेका छन् । पहिरोमा परी चन्द्र सिंहकी पत्नि चनमति महता घाइते भएकी छिन् ।

घाइते भएकी उनलाई उपचारको लागि अस्पताल लगिएको जनाइएको छ । आइतबार राति नौगाड गाउँपालिका–४ होपरीमा जलविद्युतको नहर भत्किदा पहिरो गएको जनाइएको छ ।