धरानमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते

Newslaya Home

धरानमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते

सोमबार १५, असार २०७७

धरान । धरानमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना गम्भिर घाईते भएका छन ।

धरानका मधुकर राईले चलाएको को २३ प ९४५० नम्बरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको हो । सोही मोटरसाईकलको पछाडी सवार भक्त नेपाली समेत घाईते भएको प्रहरीले जनाएको छ ।

घाइते राईको धरान स्थित वीपी प्रतिष्ठानमा उपचार भईरहेको छ भने नेपालीको विराटनगर स्थित नोबेल अस्पताल रेफर गरिएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।