विराटचौकमा आगलागी, तीन होटल जले

Newslaya Home

विराटचौकमा आगलागी, तीन होटल जले

सोमबार १५, असार २०७७

सुन्दरहरैचा । विराटचौकमा आगलागी हुँदा तीन वटा होटल जलेका छन् ।

विराटचौक स्थित पुर्वपश्चिम लोकमार्गको दक्षिण पट्टि रहेको ए वान खाजा घर , पोखरेल खाजा घर र धनकुटे खाजा घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाकी छ ।

आगलागी राती करिब १ बजेबाट शुरु भएको थियो । सुन्दरहरैचा नगरपालिका, बेलबारी नगरपालिका, इटहरी उपमहानगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।