पारिश्रमिक नदिने आयोजकको नाम तस्बिरसहित सार्वजनिक गर्ने गायक सुगमको चेतावनी

Newslaya Home

पारिश्रमिक नदिने आयोजकको नाम तस्बिरसहित सार्वजनिक गर्ने गायक सुगमको चेतावनी

सोमबार १५, असार २०७७

काठमाडौं । गायक सुगम पोखरेलले स्टेज पफर्मेन्सको पारिश्रमिक नदिने आयोजकको नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन् । कार्यक्रम सकिएको वर्ष बितिसके पनि विभिन्न बहाना देखाएर पारिश्रमिक नदिने आयोजकको तस्बिरसहित नाम सार्वजनिक गर्ने उनले चेतावनी दिएका हुन् ।

सुगमले नेपाल भित्र र बाहिर गरेर आठवटा कार्यक्रमको पारिश्रमिक लिन बाँकी रहेको उनको भनाइ छ । कतिले फोन नै नउठाउने, उठाउनेहरु विभिन्न बाहाना देखाएर समय सार्दै झुलाउने गरेको उनी बताउँछन् ।

कर्पोरेट हाउसहरुबाहेक अरुले पछिल्लो समय पारिश्रमिक समयमै नदिने र दिए पनि वर्षौंसम्म झुलाउने क्रम बढेको सुगमको अनुभव छ । सुगम आफूहरुले आयोजकसँग पफर्मेन्स गरेको पैसा माग्ने गरेको भन्दै यसलाई भिखका रुपमा नबुझ्न आयोजकलाई चेतावनी दिन्छन् ।

पारिश्रमिक नदिने आयोजकको नाम सार्वजनिक गर्ने सामाजिक सञ्जालमार्फत जानकारी दिएको केही घण्टाभित्रै केही आयोजक सम्पर्कमा आएको भन्दै उनले नआउनेको तस्बिर र नाम सार्वजनिक गर्न आफू बाध्य हुने उनी बताउँछन् ।

आयोजकसँग गरेको सम्झौता पत्र आफू सुरक्षित रहेकाले कानुनी बाटो रोज्ने उनले बताए ।