नेकपा र कांग्रेस कार्यकर्ता बिच झडप हुँदा गोली चल्यो, १८ जना घाइते

Newslaya Home

नेकपा र कांग्रेस कार्यकर्ता बिच झडप हुँदा गोली चल्यो, १८ जना घाइते

सोमबार १५, असार २०७७

काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकामा आइतबार बेलुका नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा गोली चलेको छ । झडपमा १८ जना घाइते भएको बताइएको छ ।

सर्लाहीका प्रहरी प्रमुख, एसपी विश्वमणी पोखरेलले गोली चलेको पुष्टि गर्दै कसले गोली चलाएको भन्ने बारे अनुसन्धान भइरहेको बताए ।

एक साताअघि सर्लाहीको रामनगर गाउँपालिकामा नेकपाका एक कार्यकर्ताको हत्या भएको थियो । उक्त घटनाको विरोधमा हिजो विभिन्न ठाउँमा प्रदर्शन गरिएको थियो । सोही क्रममा धनकौलमा प्रदर्शनका क्रममा झडप भएको प्रहरीले जनाएको छ ।

नेकपा र कांंग्रेसका कार्यकर्ताले गोली एक अर्काले चलाएको आरोप लगाएका छन् । प्रहरीले यसबारे अनुसन्धान शुरू गरेको छ ।