अझै तीन दिन पानी पर्ने, बाढीपहिरोको जोखिम

Newslaya Home

अझै तीन दिन पानी पर्ने, बाढीपहिरोको जोखिम

सोमबार १५, असार २०७७

काठमाडौं । झन्डै एक हप्तादेखि देशभर जारी वर्षा अझै तीन दिन नरोकिने बताइएको छ । मौसम पूर्वानुमान महाशाखका अनुसार अहिले पनि देशभरका केही स्थानमा पानी परिरहेकै छ ।

आज दिउँसो पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै प्रदेश १, २, ५ र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

यसैगरी आज राति पनि सबै प्रदेशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा जारी रहनेछ भने प्रदेश १, २, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले सोमबार बिहान जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ ।

२४ घण्टे चेतावनी जारी गर्दै महाशाखाले वर्षा हुने क्षेत्रमा बाढीपहिरो तथा डुबानको समेत खतरा रहेकाले होसियारी अपनाउन आग्रह गरेको छ ।

वर्षा आगामी तीन दिन अर्थात् बुधबारसम्म नरोकिने मौसमविद्ले बताएका छन् । सामान्यतया मौसमविद्ले तीन दिनसम्मको मौसमी अनुमान गर्ने गर्छन् ।