प्रकाश माविको बास्केट बल कोर्ट प्रयोगमा नआउदा पूर्व विद्यार्थीहरु असन्तुष्ट

Newslaya Home

प्रकाश माविको बास्केट बल कोर्ट प्रयोगमा नआउदा पूर्व विद्यार्थीहरु असन्तुष्ट

- बाबुराम कार्की
आइतबार १४, असार २०७७

प्रकाशपुर । प्रकाश माविका पूर्व विद्यार्थीहरुद्वारा माविको प्राङ्गणमा बनाइएको बास्केट बल कोर्ट सञ्चालनमा नआउदा दाताहरुले दुखेसो गरेका छन् । ८ वर्ष अगाडि ५ लाख ९५ हजारको लागतमा माविकै प्राङ्गणमा पूर्व विद्यार्थीहरुले कोर्ट बनाएका थिए । विद्यालयले बास्केट बल खेल प्रति चासो नराखेको पूर्व विद्यार्थी तथा निर्माण समिति अध्यक्ष बेनि राईले बताए । उनले भने, ‘हामीले आफू पढेको विद्यालयलाई शारिरिक, मानसिक, बौदिक विकास गर्न खेलकुदले नै सहयोग गर्ने भएकाले विद्यालयसँगकै सहकार्यमा बास्केट बल कोर्ट बनाएका थियौं ।’

विद्यालयसँग कै छलफलबाट बनाएको कोर्टमा विद्यार्थीहरु बिच प्रतिस्पर्दा नगराइएको र बास्केट बल खेललाई नै चासो नराखेको प्रति उनले दुखेसो गरेका छन् । सुनसरी जिल्लामै सामुदायिक विद्यालयहरुमा बास्केट बल कोर्ट नभइरहेको अवस्थामा हामीले पूर्व विद्यार्थीहरु मिलेर रकम संकलन गरेर उक्त कोर्ट बनाएको माविका पूर्व विद्यार्थी सरोज बरालले बताए । उनले भने, ‘मावि आफैमा सम्पन्न छ । माविको ४१ विगाह जग्गा छ र यस मावि सुनसरी जिल्लाकै धनाढ्य विद्यालयमा पनि पर्छ । तर यस्ता खेलकुद प्रति पनि चासो राख्न आवश्यक छ ।’ विद्यालय यति सम्पन्न हुँदा समेत विद्यालयले मिटर राख्न नसक्दा बरालले आज भन्दा ८ वर्ष अघि मिटर समेत राखिदिएका थिए ।

उनले भने, ‘आफू पढेको विद्यालयको माया लाग्छ । हामी पूर्व विद्यार्थीहरुले यस विद्यालयलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने चासो राखिरहेको अवस्थामा विद्यालयमा बनाइदिएको एउटा बस्केट बल कोर्ट समेत राम्रो संरक्षण नहुँदा बास्केट बल कोर्ट अहिले चर्केर चिराचिरा परेको अवस्था छ ।’

बास्केट बल निर्माण समितिका अध्यक्ष तथा दाता बेनी राई भन्छन्, ‘विद्यार्थीहरुलाई बास्केट बल सिकाउनको लागि आफूहरुले प्रशिक्षक ल्याउन सम्म सरसल्लाह गर्दा विद्यालयले प्रशिक्षक राख्न पैसा छैन भन्यो, हाम्रै विद्यालयमा एक जना शिक्षकले सिकाउनु हुन्छ भन्नु भयो तर अहिलेसम्म सिकाइएको पाइएन ।’

यसैगरी अमेरिकामा बस्दै आएका पूर्व विद्यार्थी हिक्मत लिम्बुले भने, ‘हामीले विद्यालयलाई अझै धेरै सहयोग गर्नु छ । तर हामीले गरेको सहयोगको सहि सदुपयोग भएन त्यसप्रति आफु दुःख लागेको छ ।’

अमेरिकाको न्यूयोर्कमा डकट्यानरको रुपमा काम गर्दै आएका लिम्बुले भने, ‘आफ पढेको विद्यालयले गर्दा नै आज आफू याहा आएकाले विद्यालयको अतिरिक्त क्रियाकलापमा सहयोग पुगोस भनेर आफूहरुले ७ वर्ष अगाडि सहयोग गरेपनि विद्यालयले खेल प्रति कुनै चासो राखेन र हामीले गरेको लगानीको सदुपयोग भएन ।’

यता प्रकाश माविका प्रधानाध्यापक चुडामणि खनालसँग किन बास्केट बल खेल सञ्चालनमा आउन सकेन ? भनेर न्यूजलयले सोध्दा खनालले भने, ‘हामीले विद्यार्थीहरुलाई विद्यालय लागेको बेलामा खेलाइरहेका थियौं । हामी सँग पैसा नभएकाले प्रशिक्षक राख्न सकेनौ ।’ प्रशिक्षकले २५ हजार भनेपछि आफूहरुले प्रशिक्षक नराखेको उनले बताए ।

श्री प्रकाश माविमा विज्ञान प्रयोगशाला छ । सामाजिक विकाश मन्त्रालय प्रदेश १ बाट विज्ञान प्रयोगशालाको लागि रकम दिएपछि माविले विज्ञान प्रयोगशाला राखेको हो । त्यस्तै, माविमा कम्प्युटर ल्याब पनि छ । ल्याबमा २४ वटा कम्प्युटरहरु रहेको प्रधानाध्यापक खनालले बताए । माविमा ४ वटा प्रोजेक्टर समेत छन् । सांगितिक बाध्यबादनका सामानहरु हार्मोनिय, गीतारलगायतका सामानहरु पनि माविमा रहेको खनालले बताए ।

हाल माविमा १२ मा दुई जना अस्थायि, प्राविमा एक जना अस्थायि शिक्षक रहेका छन् भने माविमा स्थायि शिक्षक ६ जना छन्, निमाविमा ४ जना शिक्षक रहेका छन् भने प्राविमा ९ जना स्थायि शिक्षक रहेको खनालले बताए ।

पछिल्लो समय प्रदेशको सामाजिक विकाश मन्त्रालय र संसद विकास कोषबट विद्यालय प्राङ्गणको घेराबार लगाउने काम समेत भइरहेको छ ।

 

 

1 प्रतिकृयाहरू प्राप्त
  • Hikmatलेख्नुहुन्छ
  • |
  • आइतबार १४, असार २०७७
News le satya tathya ujagar gareko cha hami ajhai dherai garna chahanchau tara k ka lagi vanne prasna sadhai ubjincha.