उदयपुरमा थप तीन महिला सहित ६ जनामा कोरोना पोजेटिभ

Newslaya Home

उदयपुरमा थप तीन महिला सहित ६ जनामा कोरोना पोजेटिभ

आइतबार १४, असार २०७७

विराटनगर । उदयपुरमा थप तीन महिला सहित ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार गरिएको परिक्षणको क्रममा ३ जना महिला र ३ जना पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । आज थप संक्रमित हुनेहरुमा उदयपुरको कटारीका ३ महिला, २ पुरुष र त्रियुगाका १ पुरुष रहेको जनाइएको छ ।