प्रदेश १ मा थपिए ६ महिला सहित २७ जना कोरोना संक्रमित, मोरङमा मात्र १७ जनामा पोजेटिभ

Newslaya Home

प्रदेश १ मा थपिए ६ महिला सहित २७ जना कोरोना संक्रमित, मोरङमा मात्र १७ जनामा पोजेटिभ

आइतबार १४, असार २०७७

विराटनगर । प्रदेश १ मा थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार गरिएको परिक्षणको क्रममा मोरङमा १७, झापामा २, उदयपुरमा ६ र सुनसरी र इलाम एक एक जनामा संक्रमण पुष्टि भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

पीसीआर परीक्षण गर्दा उनीहरूमा रिर्पोट पोजेटिभ देखिएको हो । आइतबार पोजेटिभ रिर्पोट आउनेहरूमा ६ जना महिला छन् । प्रदेश १ मा हालसम्म जम्मा २२ हजार ९७८ जनामा पीसीआर परीक्षण गरिएकोमा ५६० जनामा संक्रमण पुष्टि भएको छ ।