धरानमा छुरा प्रहार गरी फरार रहेका एक जना पक्राउ

Newslaya Home

धरानमा छुरा प्रहार गरी फरार रहेका एक जना पक्राउ

आइतबार १४, असार २०७७

धरान । सुनसरीको धरान–१५ स्थित छुरा प्रहार गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बैशाख ५ गते धरान १५ नयाँ सडकका केशव राईलाई घर अगाडी बसीरहेको बेला छुरा प्रहार गरी फरार भएका निश्चल लिम्बू बिहीबार पक्राउ परेका हुन् ।

सोहि वडाका निश्चल लिम्बूको अदालतबाट म्याद थप गरी थप अनुसन्थान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

घटनासंगै ज्यान मार्ने उद्योग मुदामा दर्ता जाहेरीका आधारमा जिल्ला अदालत सुनसरीबाट पक्राउ अनुमती जारी भई खोजताश भइरहेकोमा लिम्बूले राईको पेट लगायतमा छुरा प्रहार गरी फरार भएका थिए ।
छुरा प्रहार पछि घाइते भएका राईको उपचार भइरहेको र स्वास्थ सुधारउन्मुख रहको प्रहरीले जनाएको छ ।