आज थप ४६३ जनामा कोरोना पुष्टि, कुल संक्रमित १२ हजार ७ सय ७२

Newslaya Home

आज थप ४६३ जनामा कोरोना पुष्टि, कुल संक्रमित १२ हजार ७ सय ७२

आइतबार १४, असार २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने कुल संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

आइतबार थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थप भएका मध्ये ३५८ पुरुष र १०५ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।