धरानमा २८ वर्षिय प्रताप झुण्डिएको अवस्थामा फेला

Newslaya Home

धरानमा २८ वर्षिय प्रताप झुण्डिएको अवस्थामा फेला

आइतबार १४, असार २०७७

धरान । सुनसरीको धरान–१२ मा २८ वर्षिय एक युवा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

आइतबार बिहान कांग्रेसका क्षेत्रीय सदस्य समेत रहेका २८ वर्षिय प्रताप भट्टराई कोठाको पंखामा पहेलो कच्छड बाँधेर झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

श्रीमति र छोरी माइती गएको कारण कोठामा एक्लै रहेका भट्टराईले आत्महत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय धरानका इन्सपेक्टर हेमराज ओलीको टोली घटनास्थलमा पुगरे घटनाको मुचुल्का उठाई प्रारम्भिक अनुसन्धान सुरु गरिएको धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताएका छन् ।
शवलाई पोष्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइने प्रहरीले जनाएको छ ।