श्रोत नखुलेको नेपाली नगद सहित तीन जना पक्राउ

Newslaya Home

श्रोत नखुलेको नेपाली नगद सहित तीन जना पक्राउ

आइतबार १४, असार २०७७

महोत्तरी । महोत्तरीको मनराशिष्वा नगरपालिका–२ भलुई चौक नजिकबाट श्रोत नखुलेको नेपाली नगद सहित तीन जना पक्राउ परेका छन् ।

शनिबार दिउँसो २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको प्रहरीले जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको ज ११ प ८१०८ नम्बर र प्रदेश २–०३–००३ प ४०९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार जलेश्वर नगरपालिका–२ बस्ने १९ वर्षीय रोहित कुमार साह, २२ वर्षीय संजय कुमार साह र २७ वर्षीय जय कुमार साहलाई श्रोत नखुलेको १८ लाख रुपैयाँ फेला पारी पक्राउ गरेको हो ।

उक्त १८ लाख रुपैयाँमध्ये रोहितको साथबाट ९ लाख रुपैयाँ, संजयको साथबाट ३ लाख ५० हजार रुपैयाँ र जयकुमारको साथबाट ५ लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।