प्रधानमन्त्री ओलीले भनेः “मदन भण्डारीकी धर्मपत्नी साइकल चलाउन जान्नुहुन्न”

Newslaya Home

प्रधानमन्त्री ओलीले भनेः “मदन भण्डारीकी धर्मपत्नी साइकल चलाउन जान्नुहुन्न”

आइतबार १४, असार २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीकी धर्मपत्नी राष्ट्रपति विद्यादेवी भण्डारीलाई साइकल चलाउन नआउने बताएका छन् ।

आइतबार मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

राष्ट्रपतिले महँगो गाडी चढेको भन्ने आलोचनातर्फ लक्षित गर्दै उनले राष्ट्रपतिको आलोचना गर्नेहरु आफैं गाडी चढ्ने गरेको पनि बताए ।

प्रधानमन्त्री ओलीले भनेका छन्ः “स्विडेनको राजा साइकलमा हिँड्छन् । तर, के गाडी नभएर साइकलमा हिँडेका हुन् ? स्कर्टिङ हुँदैन ? त्यो कुरा होइन । स्कर्टिङ पनि हुन्छ, गाडी पनि हुन्छ । दरबार नजिकैको रेलवे स्टेसनमा साइकल लिएर जान्छन् यो सौखको कुरा हो ।”