खोटाङमा पनि देखियो सलह किरा

Newslaya Home

खोटाङमा पनि देखियो सलह किरा

आइतबार १४, असार २०७७

खोटाङ । खोटाङका विभिन्न ठाउँमा सलह किरा देखिएको छ । हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न ठाउँमा सलह देखिएको हो ।

वर्षा भइरहेको समयमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको माल्खुमा रहेको एउटा घरको भित्तामा आएर बसिरहेको अवस्थामा सलह किरा देखिएको जनाइएको छ ।

यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलको बैंक चोकका एक पसल, सरस्वती माविको भित्तामा पनि केही सलह किरा फेला परेको छ ।