पोखराका विभिन्न ठाउँमा सलहको प्रवेश

Newslaya Home

पोखराका विभिन्न ठाउँमा सलहको प्रवेश

आइतबार १४, असार २०७७

पोखरा । कास्कीको पोखरा स्थित विभिन्न ठाउँहरुमा सलह देखिएको छ ।

शनिबार साँझ नै पोखराका विभिन्न ठाउँमा सलह देखिएको हल्लासहित सामाजिक सञ्जालमा तस्बिर राखिए पनि आइतबार भने साँच्चिकै सलह पोखरा आएको प्रमाणित भएको हो ।

पोखरा– १७,महतगौंडामा ८/१० वटा सलह देखिएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले पुष्टि गरेका हुन् ।

ठूलो हुल बाँधेर नआए पनि हावाको गतिमा सलह पोखरा आइपुगेको महाशाखा प्रमुख कडरियाले जानकारी दिए ।

सलह गण्डकी पसेपछि के गर्ने भन्नेबारे छलफल चलिरहेको गण्डकीको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकी प्रवक्ता ज्योति क्षेत्रीले जानकारी दिइन् ।