इटहरीको गैसारमा एक पुरुषको शव फेला

Newslaya Home

इटहरीको गैसारमा एक पुरुषको शव फेला

आइतबार १४, असार २०७७

इटहरी । सुनसरीको इटहरी–८ गैसार स्थित एक पुरुषको शव फेला परेको छ ।

परिचय खुल्न नसकेको एक पहाडे मुलका पुरुषको लास भेटिएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

उनी लामो समय देखि इटहरी आसपासमा मागी खादै हिडेको जनाइएको छ । अचेत अवस्थामा फेला फेला परेको उनको उपचारको क्रममा इटहरी अस्पतालमा मृत्यु भएको हो ।

उनको पोष्टमार्टमको लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।