क्योकुसिन कराँतेका राष्ट्रिय च्याम्पियन बीरमानको निधन

Newslaya Home

क्योकुसिन कराँतेका राष्ट्रिय च्याम्पियन बीरमानको निधन

आइतबार १४, असार २०७७

काठमाण्डौ । क्योकुसिन कराँते तथा उसुका अन्तराष्ट्रिय नेपाली खेलाडी बिरमान लामाको निधन भएको छ ।

शनिबार मलामी गएर फर्केपछि आरामका लागि सुतेकै अवस्थामा आइतबार वीरमानको मृत्यु भएको नेपाल उसु संघले जनाएको छ । काभ्रेस्थित आफ्नै घरमा लामाको मृत्यु भएको हो ।

लामा दुई वर्ष अघि इन्डोनेसियामा सम्पन्न एसियाडमा पनि सहभागी भएका थिए । लामा क्योकुसिन कराँतेका राष्ट्रिय च्याम्पियन पनि थिए ।