भारतसँग जोडिएको सीमामा पर्खाल लगाउन वामदेवको माग

Newslaya Home

भारतसँग जोडिएको सीमामा पर्खाल लगाउन वामदेवको माग

आइतबार १४, असार २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले नेपाल भारत सीमामा पर्खाल लगाउनुपर्ने बताएका छन्।

स्थायी कमिटी बैठकमा नेता गौतमले दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनुपर्ने धारणा राखेका हुन्। उनले बैठकमा खुल्ला सिमाना बन्द गरी भिसा(प्रवेशाज्ञा प्रणाली) लागू गर्नुपर्ने बताएका छन्।

गौतमले हाम्रा दुवै छिमेकी राष्ट्रसँग रहेका नेपालका कुनै पनि समस्या समाधान गर्न युद्धको कल्पनासमेत गर्न नहुने बताएका छन्। सबै समस्या शान्ति वार्तावाट नै समाधान गर्नुपर्ने उनको भनाइ छ।