सुनको मूल्य ९१ हजार नाघ्यो

Newslaya Home

सुनको मूल्य ९१ हजार नाघ्यो

आइतबार १४, असार २०७७

काठमाडौं । आइतबार (आज) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्यमा प्रति तोला ७ सय रुपैयाँ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै नेपाली बजारमा आज छापावाल सुनको मूल्य ९१ हजार ३ सय पुगेको छ ।

कोरोना भाइरस र लकडाउनका कारण सुनको मूल्य दैनिक रुपमा बढ्ने क्रम जारी छ । शुक्रबार सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य अब ९० हजार ८ सय ६० पुगेको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलाको ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।