उदयपुरमा चट्याङको आवाजले बेहोस भएका युवकको मृत्यु

Newslaya Home

उदयपुरमा चट्याङको आवाजले बेहोस भएका युवकको मृत्यु

आइतबार १४, असार २०७७

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित चट्याङको आवाजले बेहोस भएका एक युवकको मृत्यु भएको छ ।

शनिबार दिउँसो आफ्नै खेतमा काम गरिरहेको अवस्थामा नजिकै परेको चट्याङको आवाजले बेहोस भएका चौदण्डीगढी–५ खोरिया बस्तिका १८ बर्षीय दिपेश मगरको चट्याङको मृत्यु भएको हो ।

चट्याङको आवाजले बेहोस भए पश्चात उपचारको लागी धरानको वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।