माईखोलामा बाढी आएपछि अस्थायी तटबन्ध बनाइदै

Newslaya Home

माईखोलामा बाढी आएपछि अस्थायी तटबन्ध बनाइदै

आइतबार १४, असार २०७७

कनकाई । झापाको कनकाई नदीको बाँध कटान सुरु भएपछि प्रहरी र स्थानीयद्वारा अस्थायी तटबन्ध बनाउन सुरु गरिएको छ ।

कनकाई नदीले झापा गाउँपालिका–७ मा रहेको जनता टोलको तटबन्धनमा क्षति पुर्याउन सुरु गरेसँगै सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले तटबन्धमा मर्मत र बाँसको अस्थायी बाध बाध्न सुरु गरेका हुन् ।

झापा गाउँपालिका–७ को टप्पु टोल र जनता टोलमा प्रहरीले सम्भावित जोखिमलाई मध्यनजर गरी मर्मत गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लगातारको वर्षापछि माईमा आएको बाढीले सो क्षेत्रको २२ सय मिटर लामो तटबन्धनमा क्षति पुर्याउन थालेपछि मर्मत सुरु गरेको जनाइएको छ ।

दुई बर्ष पहिले मात्रै सो क्षेत्रमा वाढी पस्दा ११ जना मानिसको मृत्यु हुनको साथै हजारौ विगाहह खेतीयोग्य जमिनमा क्षति पुर्याएको थियो ।