इटहरी प्रहरीले ४५ वटा मोवाईल सम्वन्धित धनिलाई बुझायो

Newslaya Home

इटहरी प्रहरीले ४५ वटा मोवाईल सम्वन्धित धनिलाई बुझायो

आइतबार १४, असार २०७७

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले चोरी भएको तथा हराएको ४५ वटा मोवाईल सम्वन्धित धनिलाई बुझाएको छ।

हराएका तथा चोरी भएका मोवाइल खोजी कै क्रममा आईतबार(आज) बिभिन्न ब्राण्डका करिव दश लाख बढीका ४५ थान मोवाईल सेटहरु सम्बन्धित मोवाईल धनिहरुलाई बुझाएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

२०६७ साल बैशाखमा इलाका प्रहरी कार्यालय इटहरीमा सिडिआर शाखा स्थापना भएपछि बिभिन्न मितिमा हराएका तथा चोरी भएको मोबाईलहरुको निबेदन आएपछि सिडिआर शाखाबाट खोजी गरेर सम्बन्धित धनिलाई बुझाईएको इप्रका इटहरीले जनाएको छ।