ट्रकबाट हाम्फाल्दा खनारमा एक जनाको मृत्यु

Newslaya Home

ट्रकबाट हाम्फाल्दा खनारमा एक जनाको मृत्यु

आइतबार १४, असार २०७७

इटहरी । इटहरीमा ट्रकबाट हाम्फाल्दा एक युवकको मृत्यु भएको छ । तेह्रथुम स्थायि बसोबास भइ हाल खनारमा डेरा गरी बस्ने २१ बर्षिय नयन लिम्बुको मृत्यु भएको हो । उनी रिलायन्स फ्याक्ट्रीमा कार्यरत थिए ।

शनिबार राती कान्छिचोकबाट ट्रकमा चढेर खनार आउदै गर्दा ट्रकबाट उत्रिन हाम्फाल्दा लिम्बु गम्भीर घाइते भएका थिए । उपचारको क्रममा बिराटनगर अस्पतालमा लिम्बुको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जानएको छ ।