स्यानिटाइजर पिउँदा ३ जनाको मृत्यु, ४ जनाले गुमाए दृष्टि

Newslaya Home

स्यानिटाइजर पिउँदा ३ जनाको मृत्यु, ४ जनाले गुमाए दृष्टि

आइतबार १४, असार २०७७

काठमाण्डौ । अमेरिकामा स्यानिटाइजर पिउँदा तीन जनाको मृत्यु भएको छ । स्यानिटाइजर पिउँदा अन्य चार जनाले दृष्टि गुमाएको न्यु मेक्सिको राज्यको स्वास्थ्य विभागले जनाएको छ ।

उनीहरुले स्यानिटाइजरमा मेथानोलको प्रयोग भएको हुन सक्ने अनुमान लगाइएको छ । उक्त स्यानिटाइजरले दिमाग लगायत शरिरका बिभिन्न स्थानमा असर पार्ने बताइएको छ । विश्वव्यपी रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले अमेरिकामा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ ।