पश्चिम नवलपरासीको क्वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु

Newslaya Home

पश्चिम नवलपरासीको क्वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु

आइतबार १४, असार २०७७

नवलपरासी । बर्दघाट नगरपालिका–२ चिसापानीको क्वारेन्टाइनमा रहेका एक ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

ती पुरुषको प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा आइतबार बिहान साढे ५ बजे मृत्यु भएको बर्दघाट नगगगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए । शनिबार राति करिब १२ बजे स्वास्थ्य अवस्था गम्भीर भएपछि परिवारलाई खबर गरी अस्पताल लगिएको ज्ञवालीले बताए ।

बर्दघाट–२ चिसापानीका ती पुरुष असार १२ मा भारतको मुम्बईबाट आएर चिसापानी दिव्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए । उनी प्रेसरका बिरामी र प्यारलाइसिस समेत भएको ज्ञवालीले बताए । मृतकको स्वाब संकलन गर्ने प्रकृयामा रहेको ज्ञवालीले बताए ।