सुरु हुँदै ‘बिग बोस’, प्रतियोगीहरुको कोरोना परीक्षण गरिँदै

Newslaya Home

सुरु हुँदै ‘बिग बोस’, प्रतियोगीहरुको कोरोना परीक्षण गरिँदै

आइतबार १४, असार २०७७

काठमाडौं । सर्वाधिक हेरिने भारतीय टिभी रियालिटी सो ‘बिग बोस’ सुरु हुने भएको छ । कोभिड–१९ र लकडाउनका कारण कार्यक्रम ढिलम सुरु हुन लागेको हो ।

बिग बोसको १४ औं संस्करण अक्टोबर पहिलो साताबाट सुरु हुने भनिको थियो । तर अब अक्टोबरको अन्तिम साताबाट मात्र प्रसारण हुने भएको हो । बलउड हंगामाले जनाएअनुसार यस वर्ष कार्यक्रममा १६ सहभागी रहने छन् । तीमध्ये १३ जना सेलिब्रेटी हुन् भने ३ जना सर्वसाधारण । उनीहरु सबै एउटै घरमा बस्ने छन् ।

सहभागीहरु बिग बोसको घरमा प्रवेश गर्नुअघि उनीहरुको कोरोना भाइरस परीक्षण गरिने छ । कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि कार्यक्रमका केही नियम तथा निर्देशिका परिवर्तन गरिएको जनाइएको छ । जसका कारण कार्यक्रम सफल ढङ्गमा अघि बढ्‍ने समेत उल्लेख गरिएको छ ।

बलिउड अभिनेता सलमान खानले प्रस्तुत गर्ने कार्यक्रमको सेट फिल्म सिटीमा बनाइएको छ । सामाजिक दूरी कायम राख्दै र अन्य सुरक्षा उपकरणको प्रयोगबीच छायाँकन सुरु हुन लागेको हो ।