भारतमा एकैदिन थपिए २० हजार बढी कोरोना संक्रमित

Newslaya Home

भारतमा एकैदिन थपिए २० हजार बढी कोरोना संक्रमित

आइतबार १४, असार २०७७

नयाँ दिल्ली । शनिबार एकैदिन भारतमा २० हजार भन्दा धेरै संक्रमित फेला परेका छन् । भारतमा २४ घन्टामा फेला परेको यो सबैभन्दा धेरैं कोरोना संक्रमितको संख्या हो । शुक्रबारको तुलनामा १५ सय बढी संक्रमित भेटिएका हुन् ।

शनिबार एकै दिन २० हजार ६० नयाँ संक्रमित थपिएका हुन् । एक दिन अघि संक्रमितको संख्या १८ हजारको सीमा पार भएको थियो ।

महाराष्ट्रमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए । त्यहाँ ६ हजार ३ सय ६८ जनामा संक्रमण देखिएको हो । शनिबार भारतका नौ राज्यमा त्यहाँकै सर्वाधिक संक्रमित फेला परेका छन् ।

नेपालसँग जोडिएका भारतीय राज्य बिहारमा ३ सय १ जनामा संक्रमण देखिएको छ भने उत्तर प्रदेशमा ६ सय ७ जनामा संक्रमण देखिएको छ ।

शनिबार ४ सय १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजारभन्दा माथि पुगेको छ । भारतमा कूल संक्रमितको संख्या ५ लाख २९ हजार ५ सय ३३ पुगेको छ ।