२०७७ आषाढ १४ गते आइतबारको राशिफल

Newslaya Home

२०७७ आषाढ १४ गते आइतबारको राशिफल

आइतबार १४, असार २०७७

मेष । आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

वृष । आज परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । प्रणयसम्बन्ध राम्रो रहनेछ ।

मिथुन । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । श्रमको उचित मुल्याङन हुनेछ । मनमा शान्ति छाउला ।

कर्कट । आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।

सिंह । शुभ कार्यमा सरिक भाईनेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रविधि मार्फत आफन्त संग भेटघाट हुनेछ ।

कन्या । आज मन प्रसन्न रहने र अधुरो काम पूरा हुन सक्छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

तुला । आज सामान हराउने योग छ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

वृश्चिक । आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ ।

धनु । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्ने र नयाँ सवारी कार्य प्राप्तिको योग छ । दिनको उत्तरार्धमा खर्च बढ्ला ।

मकर । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

कुम्भ । बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । मन खिन्न हुने स्थिति आउनसक्छ । नयाँ योजना बन्ने र सहकार्यको अवसर मिल्नेछ ।

मीन । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । रोकिएको नयाँ कमको पुनस् थालनी हुनेछ । धार्मिक यात्राको योगपनि छ ।