इटहरीमा रञ्जु सिग्देलको अध्यक्षतामा ‘लाइन्स क्लब अफ इटहरी एक्टिभ’

Newslaya Home

इटहरीमा रञ्जु सिग्देलको अध्यक्षतामा ‘लाइन्स क्लब अफ इटहरी एक्टिभ’

शनिबार १३, असार २०७७

इटहरी । इटहरीमा ‘लाइन्स क्लब अफ इटहरी एक्टिभ’ गठन गरिएको छ । इटहरीकी महिला व्यवशायी तथा सामाजिक अभियन्ता रन्जु सिग्देलको अध्यक्षतामा क्लब गठन गरिएको हो ।

शनिबार एक कार्यक्रमका बिच क्लबको ब्यानर अनाबरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी डिस्ट्रिक्ट फस्ट भाइस गभर्नर रेवतबहादुर कार्की र विशेष अतिथी आइपीडी गभर्नर लिला ढुङ्गेलले संयुक्त रुपमा ब्यानर अनावरण गरेका थिए । उनीहरुले उक्त नयाँ क्लबका सदस्यहरुलाई लायन्स क्लबको विभिन्न पक्षको बारेमा जानकारीसमेत दिएका थिए ।

कार्यक्रममा डा. बालकृष्ण शाह, रिसब दाहाल, नरनाथ सापकोटा, राजेन्द्र केसरी घिमिरे, गोबिन्द थापा, लायन्स क्लब अफ इटहरी स्मार्ट सिटिका वर्ष २०२०/२०२१ कि प्रेसिडेन्ट लक्ष्मी बराल गौतम तथा पदाधिकारी, सदस्यहरुको उपस्थिती थियो ।

लायन्स क्लब इटहरी स्मार्ट सिटिको स्पोन्सरमा सम्पन्न कार्यक्रम स्मार्ट सिटिका अध्यक्ष थानेस्वर ढकालको अध्यक्षतामा गरिएको थियो ।

क्लबमा इटहरीका विभिन्न क्षेत्रका ३७ जना सदस्य छन् । 

सदस्यहरुको विवरण :