बराहक्षेत्रमा अनेरास्ववियूद्वारा रक्तदान कार्यक्रम सम्पन्न, हालसम्म कै धेरै रगत संकलन

Newslaya Home

बराहक्षेत्रमा अनेरास्ववियूद्वारा रक्तदान कार्यक्रम सम्पन्न, हालसम्म कै धेरै रगत संकलन

शनिबार १३, असार २०७७

प्रकाशपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियूको आयोजनामा बराहक्षेत्र १० प्रकाशपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको उक्त रक्तदान कार्यक्रममा ७५ प्रिन्ट रगत संकलन भएको छ ।

नेकपा जिल्ला अध्यक्ष योगेन्द्र मण्डलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ७५ प्रिन्ट रगत संकलन भएको कार्यक्रम आयोजक समितिका संयोजक रमेश विष्टले बताएका छन् ।

विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसले गर्दा पूर्वमा रगतको अभाव नहोस् भनेर नेपाल रेडक्रस सुनसरीको समन्वयमा अनेरास्ववियूले रक्तदान कार्यक्रम गरेको विष्टले जानकारी गराए ।

असारको बिचमा पनि स्थानियहरु स्वतस्फूर्त कार्यक्रममा उपस्थित भएका थिए । विष्टका अनुसार बराहक्षेत्र १० प्रकाशपुरमा अहिले सम्म कै धेरै रगत संकलन भएको यो पहिलो पटक हो ।

उक्त कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल, बराहक्षेत्र नेकपाका नगर इन्चार्ज केशव तिम्सिना, विद्यार्थी नेता लोकेश निरौला, स्थानिय रबिन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।