मोरङमा थप एक महिला सहित दुई जनामा कोरोना पोजटिभ

विराटनगर । मोरङमा थप एक महिला सहित दुई जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणको क्रममा मोरङको बुढीगंगामा १ महिला र १ पुरुषमा संक्रमण देखिएको हो ।
त्यस्तै उदयपुरको त्रियुगा नगरपालिकामा ३ महिला सहित ७ जना र इलामको सुर्योदय नगरपालिकाका ५ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।
प्रदेश १ मा आज थप १४ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ३३ पुगेको छ । अहिले सम्म ४ सय ६२ पुरुष र ७१ महिला संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।