धरानको छाताचौकमा २० वर्षीया युवती झुण्डिएको अवस्थामा फेला

Newslaya Home

धरानको छाताचौकमा २० वर्षीया युवती झुण्डिएको अवस्थामा फेला

शनिबार १३, असार २०७७

धरान । सुनसरीको धरान–२ छाताचौकस्थित झुण्डिएको अवस्थामा एक युवती फेला परेकी छन् ।

विगत लामो समयदेखि जिल्ला हुलाक नजिकैको घरमा डेरा गरी बस्दै आएकी २० वर्षीया रुपल चौधरी शनिबार (आज) दिउँसो सिलिङ फेनमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

चौधरीले पासो लगाएर झुण्डिएको अवस्थामा अभिभावकले देखेपछि प्रहरीलाई खबर गरेका थिए । चौधरी धरान–१२ को पब्लिक हाइस्कुलमा अध्ययनरत उनी बुबाआमालाई खाना दिइसकेपछि कोठामा टिभी हेर्नका लागि छिरेकी थिइन् ।

शवलाई पोष्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ भने घटनाका विषयमा प्रारम्भिक अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।