इलाममा थप पाँच जना पुरुषमा कोरोना पुष्टि

Newslaya Home

इलाममा थप पाँच जना पुरुषमा कोरोना पुष्टि

शनिबार १३, असार २०७७

इलाम । इलाममा थप पाँच जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

शनिबार कोशी अस्पताल प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणको क्रममा इलामको सुर्योदय नगरपालिकाका ५ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

त्यस्तै उदयपुरको त्रियुगा नगरपालिकामा ३ महिला सहित ७ जना र मोरङको बुढीगंगामा १ महिला र १ पुरुषमा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज थप १४ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ३३ पुगेको छ । अहिले सम्म ४ सय ६२ पुरुष र ७१ महिला संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।