उदयपुरमा थपिए तीन महिला सहित सात कोरोना संक्रमित

Newslaya Home

उदयपुरमा थपिए तीन महिला सहित सात कोरोना संक्रमित

शनिबार १३, असार २०७७

विराटनगर । प्रदेश १ को उदयपुरमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार कोशी अस्पताल प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणको क्रममा त्रियुगा नगरपालिकामा ३ महिला र ४ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

त्यस्तै इलामको सुर्योदय नगरपालिकामा ५ पुरुष र मोरङको बुढीगंगामा १ महिला र १ पुरुषमा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज थप १४ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ३३ पुगेको छ । अहिले सम्म ४ सय ६२ पुरुष र ७१ महिला संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।