अमेरिकी सेनाको हत्या गर्न रुसले तालिवानलाई पैसाको प्रस्ताव गरेको खुलासा

Newslaya Home

अमेरिकी सेनाको हत्या गर्न रुसले तालिवानलाई पैसाको प्रस्ताव गरेको खुलासा

शनिबार १३, असार २०७७

एजेन्सी । रुसले अमेरिकी सेनाहरुको हत्या गर्नका लागि अफगानस्तानका विद्रोही समूह (तालिवान)लाई पैसाको प्रस्ताव गरेको खुलासा भएको छ ।

न्युयोर्क टाइम्सले शुक्रबार सार्वजनिक गरेको एक रिपोर्ट अनुसार अमेरिकी गुप्तचरले रुसले अफगानिस्तानका विद्रोहीलाई पैसाको प्रस्ताव गरेर अमेरिकी सेना साथै नेटोमा आवद्ध सेनाहरु मार्न लगाएको सूचना पत्ता लगाएको थियो ।

सन् २०१९ मा अफगानिस्तानमा २० अमेरिकी सेना मारिएका थिए । अमेरिकी अधिकारीहरुले अनुसन्धानपछि एक महिना अगाडि रुस अमेरिकी सेना साथै नेटोमा आवद्ध सेनाको हत्यामा संलग्न भएको निष्कर्ष निकालेको टाइम्समा उल्लेख गरिएको छ ।

अफगानिस्तानका विद्रोहीसँग रुसको साठगाँठ भएको अमेरिकी ठहर छ । रुसले पैसाको प्रस्ताव गरेको खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि बताइएको जनाइएको छ ।

ह्वाइट हाउसले रुसविरुद्ध कस्तो कदम चाल्ने भनेर अहिलेसम्म बताएको छैन ।