७७ जिल्लामा फैलियो कोरोना, आज मात्र थपिए ५५४ संक्रमित

Newslaya Home

७७ जिल्लामा फैलियो कोरोना, आज मात्र थपिए ५५४ संक्रमित

शनिबार १३, असार २०७७

काठमाडौं । नेपालको ७७ ओटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

शनिबार रसुवामासमेत कोरोना पोजिटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि रसुवाबाहेक ७६ जिल्लामा मात्र कोरोना पुष्टि भएको थियो ।

आज थप पाँच सय ५४ जनाको रिपोर्ट पोजिटिभ आए सँगै नेपालमा कुल संक्रमिततको संख्या १२ हजार नाघेको छ । शनिबार मात्र १२० महिला ४३४ पुरुष गरेर पाँच सय ५४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । यो संगै कुल संक्रमितको संख्या १२ हजार तीन सय ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।