उदयपुरमा लागुऔषध कारोबारको आरोपमा फरार रहेका चौधरी पक्राउ

Newslaya Home

उदयपुरमा लागुऔषध कारोबारको आरोपमा फरार रहेका चौधरी पक्राउ

शनिबार १३, असार २०७७

उदयपुर । लागुऔषधको कारोबार गरेको आरोपमा सात वर्षदेखि फरार रहेका राजकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

सात वर्षअघि त्रियुगा नगरपालिका–३ स्थित चौधरीको घरबाट प्रतिबन्धित लागुऔषध १७ सय नाइट्रोजन ट्याब्लेट, पाँच बोतल कोरेक्स र करिब आधा केजी गाँजा प्रहरीले बरामद गरेको थियो ।

सोही दिनदेखि फरार आरोपी चौधरीलाई घरमै रहेको सूचनाको आधारमा शनिबार (आज) प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।