सवारी दुर्घटनामा परी दुई युवकको मृत्यु

Newslaya Home

सवारी दुर्घटनामा परी दुई युवकको मृत्यु

शनिबार १३, असार २०७७

रुपन्देही । रुपन्देहीको बुटवल –१० रामनगरमा सवारी दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ ।

शुक्रबार राति भएको दुर्घटनामा बुटवल–११ कालिकानगरका २१ वर्षीय सुशील कुँवर र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रामनगरमा बिग्रिएर रोकिराखिएको ना ६ ख ६२४ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बा १४ च ६८७९ नम्बरको सामान ढुवानी गर्ने सानो गाडी ठोक्किँदा घाइते भएका युवक दुवैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।