पहिरोमा पुरिएर ७० वर्षीय वृद्धको मृत्यु

Newslaya Home

पहिरोमा पुरिएर ७० वर्षीय वृद्धको मृत्यु

शनिबार १३, असार २०७७

सल्यान । सल्यानको कालिमाटी गाउँपालिका स्थित पहिरोले परिएर एक वृद्धको जयान गएको छ ।

असार ९ गते घाँस काट्न भनि गएपछि बेपत्ता भएका कालिमाटी–६ सिरेनीका ७० वर्षीय डिल्लीबहादुर आलेको पहिरोमा पुरिएको अवस्थामा शुक्रबार शव फेला परेको हो ।

डाँङडुङे खोला किनारमा पहिरोले ढाडभन्दा माथिको भाग पुरेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।