मोरङको कट्नु खोलामा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

Newslaya Home

मोरङको कट्नु खोलामा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

शनिबार १३, असार २०७७

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–५ सौठा–गोबिन्दपुर सडकखण्ड अन्तर्गत कट्नु खोलामा एक पुरुषको फेला परेको छ ।

शनिबार बिहान स्थानीयले बेवारिसे शव पानीमा तैरिदै गरेको देखेपछि ईलाका प्रहरी कार्यलय सिजुवालाई जानकारी गराएका थिए ।

अन्दाजी ३०/३५ वर्षका तराई मुलको जस्तो देखिने बेवारिसे लास रंगेली अस्पतालको पोषमाटम घरमा राखिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको इप्रका रंगेलीले जनाएको छ ।