पेस्तोल सहित पक्राउ परेका विप्लवका सुनसरी इन्चार्जलाई रिहाईको माग

Newslaya Home

पेस्तोल सहित पक्राउ परेका विप्लवका सुनसरी इन्चार्जलाई रिहाईको माग

शनिबार १३, असार २०७७

धरान । नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्वको मेची कोशी ब्युरोले आफ्नो पार्टीका सुनसरी जिल्ला इन्चार्ज रोशन राई ‘निश्चल’लाई रिहाइ गर्न माग गरेको छ ।

बुधबार प्रेस विज्ञप्ति जारी गरी आफन्तको घरमा बसिरहेको बेला प्रहरीले उनलाई बिनाकारण गिरफ्तार गरेको भन्दै बिनाशर्त रिहाईको माग गरेका हो हो ।

कोरोना महामारीका कारण मानव समुदायले ठुलो विपत्ति झेलिरहेको बेला सामान्य मानवियतालाई पनि ख्याल नगरी सरकारले राती सुतिरहेको बेला डकैती शैलीमा आफ्ना कार्यकर्ता गिरफ्तार गरेको विज्ञप्तिमा उल्लेख छ ।

ब्युरो इन्चार्ज प्रतापले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले नै समाजमा आतंक र हिंसा मच्चाउन खोजिरहेकोले यस्ता कदम बन्द गर्न माग गरेका हुन् ।

इलाका प्रहरी कार्यालय धरानले बुधबार राति नेकपा विप्लव समुहको सुनसरी जिल्लाका ईञ्चार्ज रोशन राईलाई पेस्तोल र गोलीसहित पक्राउ गरेको थियो । पक्राउ परेका राईलाई हातहतियार खरखजना मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।