चीन र भारतबीच वार्ता हुन नसकेपछि युद्धको तयारी हुँदै

Newslaya Home

चीन र भारतबीच वार्ता हुन नसकेपछि युद्धको तयारी हुँदै

शनिबार १३, असार २०७७

काठमाडौंं । भारत र चीनको सिमा क्षेत्र लद्दाखको गलवान घाटीमा हालै भएको संघर्षपछि तनाव बढेको छ ।


वै देशबीच सहमतिका लागि वार्ता भइरहे पनि विवाद शान्त हुने सम्भावना नरहेपछि सीमामा दुवै देशका सेनाको फौज बढाइएको छ ।

हालै भएको भीडन्तपछि दुई देशबीच द्वन्द बढेको छ । दुवै देशबीच भएको सहमतीमा भने वास्तविक नियन्त्रणको रेखा (एलएसी)मा हतियार प्रयोग गर्न निषेध गरिएको छ ।
चीनले तिब्बती लडाकुलाई सैनिक तालिम दिनका लागि भर्ना खोलेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै, भारतले पनि सीमा नजिक आफ्ना फौजको संख्या बढाएको छ । त्यहाँको स्थिती हेरेर परिआएमा हतियार चलाउन समेत सैनिकलाई आदेश दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सामान्य भीडन्त भइहने सो क्षेत्रमा जुन १५ मा भने २० भारतीय सैनीक र सञ्चारमाध्यका अनुसार दुई चनिीयाँ सैनीकको ज्यानै गएको छ । हाल दुवै तर्फले सीमामा सैनीक लगाएत विभिन्न हातहतीयार तयारी अवस्थामा राखेको जनाइएको छ ।