इलाममा बम फिष्फोट हुँदा एक जना गम्भीर घाइते

Newslaya Home

इलाममा बम फिष्फोट हुँदा एक जना गम्भीर घाइते

शनिबार १३, असार २०७७

इलाम । इलामको देउमाई नगरपालिका वडानम्बर ४ स्थित बम फिष्फोट हुँदा एकजना गम्भीर घाइते भएका छन् ।

बिहीबार राति स्थानीय दिलबहादुर श्रेष्ठले घरमा लुकाई राखेको बम फिष्फोट हुँदा उनका २५ वर्षीय छोरा मौसम श्रेष्ठ गम्भीर घाइते भएका हुन् ।

द्वन्द्वकालदेखि लुकाई राखेको सकेट बम उनका छोरा मौसमले झिकेर खेलाउने क्रममा विष्फोट भएको जनाइएको छ । बम विष्फोट हुँदा उनका दुवै हातका औंला चुँडिएको र आँखामा पनि चोट लागेको इलाका प्रहरी कार्यालय मंगलबारेका इन्सपेक्टर राजकिशोर शाहले जानकारी दिए ।

तत्कालीन विद्रोही माओवादी र सेनाबीच स्थानीय देवीडाँडामा भिडन्त हुँदा छोडेको बम श्रेष्ठले भेटाएपछि घरमा लगेर लुकाई राखेको जनाइएको छ ।
गम्भीर घाइते भउका मौसमलाई उपचारका लागि झापाको बीएण्ड सी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।