बराहक्षेत्रका वडा अध्यक्ष राजु अधिकारीले दिए पार्टी र नगर सदस्यबाट राजिनामा

Newslaya Home

बराहक्षेत्रका वडा अध्यक्ष राजु अधिकारीले दिए पार्टी र नगर सदस्यबाट राजिनामा

शनिबार १३, असार २०७७

इटहरी । बराहक्षेत्र नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष राजु अधिकारीले पार्टीबाट र नगर सदस्यबाट राजिनामा दिएका छन् । उनले निवेदन नै लेखेर आफूले राजिनामा दिएको जानकारी दिएका हुन् ।

निवेदनमा लेखिएको छ, ‘पार्टीको विद्यान अनुरुप पार्टीको निर्वाचित वडा अध्यक्ष मद्ये जेष्ठ सदस्यताको आधारमा मैले पार्टी संयन्त्रमा जान पाउनुपर्ने अधिकारलाई बञ्चित गराई पार्टी विद्यान विपरित पार्टी ेअध्यक्ष, नगर प्रमुख, पार्टी इन्चार्ज लगायतले बरियता विपरित संयुक्त छलफलबाट विद्यान मिचेर काम गरेको र पटक पटक जानकारी गराउँदा पनि सुनुवाई नभएको प्रति मेरो गम्भिर आपत्ति छ ।’

सोही कारण प्रति असन्तुष्टि भएकाले आफूले राजिनामा दिएको उनले बताएका छन् । अधिकारी नेपाल कम्युनिष्ट पार्टीबाट वडा अध्यक्षमा निवार्चित भएका थिए ।

उनले भर्खरै सम्पन्न नगरसभा समेत बहिष्कार गरेका थिए । मेयर पक्षपाति ढंगले लागि परेको भन्दै नगरसभा बहिष्कार गरेका थिए ।

बराहक्षेत्रका मेयरको कार्यशैलीबाट असन्तुष्ट वडाध्यक्षले गरे नगरसभा बहिष्कार

1 प्रतिकृयाहरू प्राप्त
  • Amrit Kabirathलेख्नुहुन्छ
  • |
  • शनिबार १३, असार २०७७
राम्रो गर्नु भएछ भु.पु. अध्यक्ष ज्यु।