झापामा कुलोको पानीमा डुबेर एक बालकको मृत्यु

Newslaya Home

झापामा कुलोको पानीमा डुबेर एक बालकको मृत्यु

शनिबार १३, असार २०७७

झापा । झापामा कुलोको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका(८ काभ्रे चोक बस्ने मिलन कुमार बिष्टको तीन बर्षीय छोरा सम्यम कुमार बिष्टको पानीमा डुबेर मृत्यु भएको हो ।

शुक्रबार अपरान्ह ४ बजे घर नजिकै रहेको कुलोको पानीमा खेल्ने क्रममा अचानक डुबेर वेहोस भएका बालकलाई उपचारका लागि बिएण्ड सी अस्पताल बिर्तामोड पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।