अनसन बसेका ‘इनफ इज इनफ’का अधिकारी ईसहित ५ जना पक्राउ

Newslaya Home

अनसन बसेका ‘इनफ इज इनफ’का अधिकारी ईसहित ५ जना पक्राउ

शनिबार १३, असार २०७७

काठमाडौं । सरकारसँग विभिन्न माग राखेर अनसन बसेका अभियन्ता तथा ‘इनफ इज इनफ’का एक अधिकारी ईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोना महामारी नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै उनी ललितपुरको कृष्ण मन्दिर परिसरमा अनसन बसेका थिए ।

उनलाई शुक्रबार महानगरीय प्रहरी परिसर, ललितपुरले नियन्त्रणमा लिएको हो । प्रहरीले उनीसँगै अन्य ५ जनालाई समेत प्रक्राउ गरेको जनाइएको छ ।

ई लगायत अन्य अधिकारीले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न, देशभरका क्वारेन्टिन व्यवस्थापन गर्ने लगायतका माग राख्दै आमरण अनसन थालेका थिए ।

ईले पीसीआरको दायरा बढाउनुपर्ने, फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिनुपर्ने लगायतका माग समेत राखेका थिए ।

उनले सरकारले आफ्ना मागहरु १४ दिनभित्र पूरा गर्न माग गरेका थिए ।