आज दर्जनभन्दा बढी जिल्लाका नदीमा बाढी आउने सम्भावना

Newslaya Home

आज दर्जनभन्दा बढी जिल्लाका नदीमा बाढी आउने सम्भावना

शनिबार १३, असार २०७७

काठमाडौं । आज (शनिबार) पूर्वदेखि पश्चिमसम्म दर्जनभन्दा बढी जिल्लाका खोला÷नदीमा बाढी आउने सम्भावना देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बिहान ५ बजे जारी गरेको सूचनाअनुसार पछिल्लो ६ घण्टायता इलाम, झापा, मोरङ, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपास मध्यमदेखि भारी वर्षा भएको छ ।

जसका कारण ती जिल्ला भई बहने साना नदीमा आकस्मिक बहाव आउने सम्भावना छ । तसर्थ ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।